सूचनाको शक्ति - The Power Of Information

        

आज बाढीको सम्भावना कहाँ-कहाँ ?

फाइल तस्वीर

काठमाडौं ।  विभिन्न नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले ती नदी बग्ने २५ जिल्लामा बाढीको उच्च जोखिम देखिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले बिहान निकालेको बुलेटिनमा महाकाली र सहायक नदीमा बहाव खतरा तहसम्म पुग्न सक्ने अनुमान छ ।

त्यस्तै कन्काई, कमला, वाग्मतीमा आकस्मिक बहाव हुनसक्ने र पश्चिम राप्ती, तिनाउ, बबई र सहायक नदीमा पानीको बहाव बढ्दो क्रममा छ ।

आज बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपुर, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी र दार्चुला उच्च जोखिममा परेका छन् ।

त्यस्तै इलाम, झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, काठमाण्डौ, सिन्धुली, चितवन, गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोटी, अछाम, बाजुरा र बझाङ मध्यम जोखिम जिल्लाका रुपमा रहेका छन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतवार ११:४४