सूचनाको शक्ति - The Power Of Information

        

भारतमा अक्टोबरसम्ममा कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी

काठमाडौं । भारतमा आउँदो अक्टोबरसम्ममा कोरोना भाइरसकाे तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ ।

दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रणमा आएका बेला स्वास्थ्य विज्ञले फेरि तेस्रो लहरको जोखिम रहेको चेतावनी दिएका हुन् ।

तर, कोरोना विरुद्धको खोपका कारण तेस्रो लहरको असर केही कम पर्ने अनुमान गरिएको छ । तेस्रो लहरमा बालबालिका र १८ वर्षभन्दा कम उमेर समूहकालाई जोखिम धेरै हुने अनुसन्धानले देखाएको छ ।

बालबालिकालाई हुन सक्ने जोखिम रोक्ने तयारी भइरहेको भारत सरकारले जनाएको छ । भारतमा गएको २४ घण्टामा ६० हजार ८ सय नयाँ सङ्क्रमित भेटिएका छन् भने यही अवधिमा कोरोनाका कारण १२ सय ६९ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार ०८:२६