सूचनाको शक्ति - The Power Of Information

        

प्रि-मनसुन थप सक्रिय, प्रदेश-१ मा ठूलो पानी पर्ने

काठमाडौं । आजदेखि फेरि प्रि-मनसुन थप सक्रिय भएको छ ।

मार्च १ अर्थात गएको फागुन १७ गतेदेखि सुरु भएको प्रि-मनसुन आजदेखि थप सक्रिय भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङरगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव छ ।

आज र भोलि मनसुन केही बढी सक्रिय भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

प्रदेश-१ का पहाडी भेगमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पर्सिदेखि भने फेरि मनसुनको प्रभाव कम हुँदै जानेछ ।

अहिले देशभरको मौसम पूर्णदेखि आंशिक बद्ली भएको छ भने प्रदेश एक र गण्डकी प्रदेशका केही ठाउँहरुमा पानी परिरहेको छ ।

दिउँसो देशका धेरैजसो पहाडी ठाउँहरुमा मेघगर्जन, हावाहुरी र चट्याङ्गसहितको पानी पर्ने सम्भावना रहेको छ ।

यी ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार ०८:३५