सूचनाको शक्ति - The Power Of Information

        

आन्तरिक र भारतका उडान बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले आइतबार रातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका अनुसार सोमबार रातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय भएको हो। यस्तै भारतसँगको हवाई सेवा पनि केही समयका लागि बन्द गरिएको एक मन्त्रीले जानकारी दिए।

कोरोना कहर दिन प्रतिदिन बढ्न थालेपछि वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो। कोरोना अति प्रभावित अन्य केही जिल्लाहरुमा समेत निषेधाज्ञा/लकडाउन लगाइएको छ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतवार १९:५२