बझाङ । दोहोरो नागरिकता कसुर मुद्दामा ८ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई बझाङ प्रहरीले आइतबार पक्राउ गरेको छ ।
बझाङको सुर्मा गाउँपालिका–१ मा बस्ने ३१ वर्षीय हरिश भन्ने जहरी बोहरालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।
फैसला कार्यान्वयन अन्तर्गत खोजतलासका क्रममा पक्राउ परेका बोहरालाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले कैद भुक्तानका लागि जिल्ला कारागार बझाङमा पठाएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताउनु भएको छ ।
बझाङ जिल्ला अदालतले २०७१ जेठ २७ गते बोहरालाई ११ महिना ३ दिन कैद र २० हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेपछि उनी फरार रहेका थिए ।
।