सूचनाको शक्ति - The Power Of Information

        

नेपाल पत्रकार महासंघको निर्वाचन–२०७७

‘गलत व्यक्ति र प्रवृत्तिमाथि खबरदारी, सचिव पदमा मेरो उम्मेद्वारी’

म काशीराम शर्मा । नेपाल पत्रकार महासंघको वर्तमान सहसचिव । नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने निर्वाचनका लागि मैले बाँके शाखाको सचिव पदका लागि उम्मेदवारी घोषणा गरेको छु । यही २५ गते हुने महासंघको निर्वाचनका लागि नेपाल पत्रकार महासंघको ६६ औँ स्थापना दिवसको अवसर पारेर मैले सचिव पदका लागि उम्मेदवारी घोषणा गरेको हुँ । सम्पूर्ण श्रमजीवी पत्रकारहरुको हकहित तथा अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई अझै मजबुत बनाउँदै यही २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा बाँके शाखाको सचिव पदमा उम्मेद्वारी दिनेछु ।

महासंघमा देखिएका गलत प्रवृतिको अन्त्य गर्न, महासंघलाई आर्थिकरुपमा पारदर्शी बनाउन, आम पत्रकारको साझा संस्थाका रुपमा स्थापित गर्न, विभिन्न बहानामा रोजगारी र पेशाबाट विस्थापित हुन बाध्य पारिएका सञ्चारकर्मीको हक, अधिकार र न्यायका लागि संघर्ष गर्ने उद्घोषसहित श्रमजीवी पत्रकारको हकहितका लागि संघर्षरत मेरो यात्रामा नेपाल पत्रकार महासंघ बाँके शाखामा आवद्ध सम्पूर्ण सदस्य ज्यूहरुको साथ, सहयोग, समर्थनसहित अमूल्य मत दिई विजयी गराउन सम्पूर्ण श्रमजीवी पत्रकारहरु एकजुट हुनुहुनेछ भन्नेमा मेरो पूर्ण विश्वास रहेको पनि महासंघमा आवद्ध सम्पूर्ण सदस्य ज्यूहरुमाझ विश्वास छ ।

महासंघमा देखिएका गलत प्रवृतिको अन्त्य गर्न, महासंघलाई आर्थिक रुपमा पारदर्शी बनाउन, आम पत्रकारको साझा संस्थाका रुपमा स्थापित गर्न, विभिन्न बहानामा रोजगारी र पेशाबाट विस्थापित हुन बाध्य पारिएका सञ्चारकर्मीको हक, अधिकार र न्यायका लागि संघर्ष गर्ने मेरो उद्घोषमा महासंघमा आवद्ध सम्पूर्ण सदस्य ज्यूहरुका साथै मेरा शुभेच्छुक, शुभचिन्तक तथा अग्रजहरुको साथ रहनेमा विश्वस्त छु । आगामी निर्वाचनमा साथ, सहयोग र अमूल्य मतको अपेक्षासहित श्रमजीवी पत्रकारको हकहितका लागि संघर्षरत मेरो यात्रा निरन्तररुपमा अघि बढ्ने पनि यहाँहरुमाझ विश्वास दिलाउछु ।

मेरो बारेमा ?

म २०६१ सालदेखि निरन्तर पत्रकारिता पेशामा आवद्ध भएर समाज परिवर्तन र श्रमजीवी पत्रकारका पक्षमा काम गर्दै आएको छु । यस अवधिमा मैले विभिन्न एक दर्जन बढी सञ्चार गृहमा काम गरिसकेको छु । काम गर्ने क्रममा सञ्चार गृहका मालिकहरुको तुच्छ व्यवहारबाट म अझै परिपक्व बन्दै पत्रकारितामा टिकिरहन सकेको छु । करिब साढे एक दशक बढीको पत्रकारिताको यात्रा निकै कठोर र चुनौतिपूर्ण रह्यो । यही चुनौतिका बीचमा मैले मेरो यात्रालाई निरन्तररुपमा अघि बढाइरहे ।

मालिकले पारिश्रमिक नदिने, विभिन्न बहानामा सञ्चार गृहबाट निकालिनुपर्ने लगायतका यावत पीडाहरु भोग्दै अहिलेसम्म पत्रकारिता पेशालाई नै जीवनको महत्वपूर्ण पाटोका रुपमा अघि बढाइरहेका अघि बढेको छु र यो जीवन प्रयन्त रहनेछ । पत्रकारिता पेशामा चुनौतिका पहाडहरुलाई चिर्दै पत्रकारिताभित्रका गलत प्रवृत्तिहरुका बारेमा सधैं निर्भिक र निडर भएर प्रस्तुत हुने गरेको छु । पत्रकारिताका नाममा हुने तस्करी, दलाली, चाकडी र पाखण्डीपनका विरुद्धमा आवाज बुलन्द गर्दै मेरो प्रतिवद्धताबाट म गडमगाएको छैन । नेपाल पत्रकार महासंघलाई दलिय संगठन ठान्ने र पत्रकारिता पेशालाई बदनाम गर्नेहरुका विरुद्ध मेरो आवाज कहिल्यै रोकिएको छैन र रोकिनेवाला पनि छैन ।

यसकारण मैले नेपाल पत्रकार महासंघ बाँके शाखाको सचिव बन्ने अवसर पाएमा श्रमजीवी पत्रकारहरुको हकमा केही उदाहरणीय काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । अहिलेको अवस्थामा श्रमजीवी पत्रकारको दिर्घकालिन रुपमा आर्थिक र भौतिक सुरक्षा कठिनपूर्ण छ । सञ्चार गृहले दिने आर्थिक सुविधाले श्रमजीवी पत्रकारको दिर्घकालिन समस्या समाधान सम्भव छैन र सञ्चार गृह पनि धौ–धौ चलाउनुपर्ने अवस्थामा छ । यस्ता समस्याको समाधान पत्रकार महासंघमार्फत गर्न सकिन्छ भन्ने मेरो पूर्ण विश्वास छ । यही विश्वास र अठोटका साथ मैले नेपाल पत्रकार महासंघ बाँके शाखाको सचिव पदमा उम्मेद्वारी दिँदैछु ।

मेरो उम्मेद्वारी किन ?

१. नेपाल पत्रकार महासंघ बाँकेलाई दलीय सिन्डिकेटबाट मुक्त गर्न ।

२. महासंघलाई वास्तविक श्रमजीवी, पेसाकर्मी पत्रकारहरूको सङ्गठन बनाउन ।

३. विभिन्न बहानामा रोजगारी र पेसाबाट विमुख गराइएका सञ्चारकर्मीहरूको हक अधिकारलाई स्थापित गर्न ।

४. जिल्लामा सञ्चालित श्रमजीवी पत्रकार ऐन अनिवार्यरूपमा कार्यान्वयन गर्न–गराउन महासंघमार्फत् सक्रिय भूमिका निर्वाह गर्न ।

५. गैरकानुनी, गैरन्यायोचित ढङ्गले सञ्चारकर्मीलाई सेवाबाट निष्कासन गर्ने सञ्चार गृहमाथि कारबाहीका लागि सम्बन्धीत निकायमा दबाब सिर्जना गर्न ।

६. महासंघभित्रका विकृति, विसंगतिलाई हटाउँदै स्वच्छ, निष्पक्ष र पारदर्शी तथा महासंघलाई सबैको पहुँचयुक्त बनाउन ।

७. पत्रकारिता पेशामा आबद्ध भएको पत्रकारहरुको पेशागत क्षमता वृद्धिका लागि सीप अभिवृद्धि तालिम तथा प्रशिक्षण अघि बढाउन ।

८. पत्रकारिताको इतिहास, अग्रज पत्रकारहरूको इतिहासको संरक्षणका लागि पहल गर्दै श्रमजीवी, पेशाकर्मी सञ्चारकर्मीको पेसागत र सामाजिक सुरक्षाको उचित व्यवस्थापनका लागि पहल गर्न ।

९. विभिन्न कारणले अशक्तता, बिमारी वा अन्य सङ्कट बेहोर्नुपरेका सञ्चारकर्मी, विभिन्न कारणले जीवन गुमाएका सञ्चारकर्मीका परिवारको आर्थिक सुरक्षा र जीवनवृत्तिका लागि पहल गर्न ।

१०. साना लगानीका, श्रमजीवी पत्रकारद्वारा सञ्चालित सञ्चार गृह, सञ्चार सामग्री उत्पादन कम्पनी आदिलाई बचाउनका लागि महासंघमार्फत् नीतिगत व्यवस्थापनका लागि पहल गर्न ।

११. क्रियाशिल पत्रकारहरुका लागि बीमा र आकस्मिक उपचार कोषको व्यवस्था मिलाउन ।

१२. बाँकेका सार्वजनिक निकायबाट ‘राष्ट्रिय मिडिया‘मा जाने करोडौंको विज्ञापन बाँकेमै स्थापना भएका मिडियाले समानुपातिक तरीकाले पाउने कुराको ज्ञारेन्टीका लागि पहल गर्न । त्यसका लागि जिल्लामै जिल्लास्तरीय विज्ञापन बोर्ड गठन गर्न पहल गर्ने ।

१३ बाँकेका मिडियालाई विद्युत, इन्टरनेट, टेलिफोनको महशुलमा विशेष छुट दिलाउन सम्बन्धीत निकायहरुसँग छलफल तथा समन्वय गर्ने ।

१४. नीजि तथा सरकारी विद्यालयहरुसँग छलफल तथा समन्वय गरी पत्रकारिता पेशामा क्रियाशिल सक्रिय तथा न्यून आय भएका पत्रकारका छोराछोरीलाई निशुल्क पठनपाठनको व्यवस्थाका लागि पहल गर्न ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार ०८:४९