बर्दिया । ५६ औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा बर्दियामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
बर्दिया जिल्लामा जातिय भेदभावको वर्तमान अवस्था र कानुन कार्यन्वयनमा चुनौती विषय जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दिया र दलित महिला संघ बर्दियाको संयुक्त आयोजनामा गरिएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला प्रशासन कार्यलयका साहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा रहनुभएको थियो ।
त्यसैगरी कार्यक्रममा गुलरिया नगरपालिका वाड न ७ का वाड अध्यक्ष गिता बस्नेत, वाड न ५ का वाड अध्यक्ष साबित्रा गौतम, गुलरिया नगरपालिकाका कार्यपालिका सदस्यहरू सहभागिता रहेको थियो ।
त्यस्तै, बढैयाताल गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रा बि क, जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक गोपाल पौडेल, मुक्ति समाज का केन्द्रीय सदस्य दलित महिला उत्थान संघ बर्दियाका कार्यक्रम संयोजक बिष्णु नेपाली, दलित उत्थान नेपालका मुना विश्वकर्मा, दलित संघ बर्दियाका अध्यक्ष भिम लाल कमल, राज बि,क, धिरेन्द्र रसाइली, बारबर्दिया नगरपालिका नगर संजालका सचिव टिकाराम परियार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागिहरुले दलित र गैर दलित बिच हुने विभेदको अन्त्यको लागि आफेंबाट परिवर्तनको सुरुवात गर्नपर्ने बताएका थिए ।
।