सूचनाको शक्ति - The Power Of Information

        

ब्राजिलमा कोरोना भाइरसको संक्रमण भयावह, एकै दिन दुई हजार बढीको मृत्यु

एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको महामारी फेरि गम्भीर रुपमा फैलिएको छ । कोरोना भाइरसका कारण ब्राजिलमा एकै दिन दुई हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ ।

ब्राजिलमा बुधबार एकै दिन कोरोनाका कारण २ हजार २ सय ८६ जनाको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण विश्वमा धेरैको मृत्यु हुने देशको सूचिमा ब्राजिल दोस्रो स्थानमा रहेको छ ।

ब्राजिलमा अहिलेसम्म २ लाख ६८ हजार ३ सय भन्दा धेरैको मृत्यु भएको छ । अति संक्रामक नयाँ भेरियन्टका कारण संक्रमणदर तीव्र हुँदा अवस्था थप भयावह भएको बताइएको छ ।

ब्राजिलमा महामारी नियन्त्रणका लागि गरेको प्रयास कमजोर भएको भन्दै राष्ट्रपति जायर बोल्सोनारोको तीव्र आलोचना हुँदै आएको छ ।

ब्राजिलमा अहिलेसम्म १ करोड १२ लाख दुई हजार भन्दा धेरै संक्रमित भएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार ०९:५६