सूचनाको शक्ति - The Power Of Information

        

लोक सेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन सुरु हुँदै

काठमाडौं । लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु हुँदै छ ।

केन्द्रीय लोक सेवा आयोगको आयोजनमा काभ्रेको धुलिखेलस्थित एक होटलमा आयोजित सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच-पाँच जनाको प्रतिनिधित्व छ ।

गण्डकी र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा लोक सेवा आयोग गठन भइसकेको छ । राष्ट्रिय सम्मेलनमा प्रदेश र केन्द्रीय लोक सेवा आयोगसमेत गरी करिब ५० जनाको सहभागीता रहने छ ।

सम्मेलनमा केन्द्रीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने केन्द्रीय लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

सम्मेलनको उपलब्धि सोमबार धुलिखेलमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतवार ०८:३८