सूचनाको शक्ति - The Power Of Information

        

महिलालाई खाल्डोमा जिउँदै पुरेर स्काभेटर चालक भागे

धादिङ । स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् ।

धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किँदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् ।

तर स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्दार गर्नुको साटो कुमाल खसेको खाल्डो वरिपरिको माटो खनेर पुरिदिएका थिए ।
काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले स्काभेटरले मान्छे पुर्यो भन्दै हल्ला गरेपछि चालक भागेका थिए ।

पछि खाल्डो खनेर कुमालको शव झिकिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार ०७:४०