सूचनाको शक्ति - The Power Of Information

        

बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्ली पुग्नुभएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज अस्पताल भर्ना हुनु भएको छ ।

डा.भट्टराईलाई नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको उहाँको निजी सचिवालयले जनाएको छ ।

हिजो चिकित्सकसँग प्रारम्भिक परामर्श लिनुभएका डा.भट्टराई आज थप उपचारको लागि भर्ना हुन हुनु भएको हो ।

ललितपुरको निदान अस्पतालमा गरिएको परिक्षणमा डाक्टर भट्टराईको पेटमा ट्युमर आशंका गरिएपछि थप परिक्षण एवं उपचारका लागि दिल्ली जानुभएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलवार ११:१८