सूचनाको शक्ति - The Power Of Information

        

पूर्वप्रधानमन्त्री भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै

काठमाडौं ।  जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा स्वास्थ्य परीक्षण हुँदैछ ।

आज दिउँसो १ः३० बजे उनको स्वास्थ्य परीक्षण डा. प्रोफेसर विक्रम भाटियाद्वारा हुनेछ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्श पश्चात मात्रै रोगको निर्क्यौल हुनुका साथै उपचारका बारे के कसो गर्ने भन्ने टुंगो लाग्नेछ ।

भट्टराई आइतबार स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली पुगेका हुन् । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

अहिले चिकित्सकहरुले न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उहाँ दिल्लीमा त्यसको उपचारका लागि भारतमा छन् ।

उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँ स्थित नेपालको दूतावासमा हुनेछ । उपचारका क्रममा उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार ०९:४०