सूचनाको शक्ति - The Power Of Information

        

सूचीमाथि दोस्रो अभियोग

काठमाडौं । म्यानमारकी सैनिक पक्राउमा रहेकी प्रमुख विपक्षी दलकी नेतृ आङसाङ सूचीमाथि त्यहाँको सेनाले फेरि दोस्रो आपराधिक अभियोग लगाएको छ ।

सेनाले सूचीलाई देशको प्राकृतिक प्रकोप कानूनको समेत उल्लंघन गरेको अभियोग लगाएको छ ।

यिनै मुद्दाका लागि भिडियोमार्फत ‘ट्रायल’मा उपस्थित हुनुभएकी सूचीमाथि मंगलबार लगाइएको नयाँ अभियोगबारे भने स्पष्ट भैनसकेको बताइएको छ ।

म्यानमारमा प्रदर्शन जारी रहेसँगै सेनाले फेरि पनि नयाँ चुनाव गराउने र सत्ता हस्तान्तरण गरिने प्रतिवद्धता दोहोर्याएको छ ।

तर पनि हजारौँको संख्यामा मानिसहरु प्रदर्शनमा सहभागी हुने क्रम रोकिएको छैन ।

प्रदर्शनकारीहरुले सेनाको विरोध गर्दै सबै निर्वाचित नेताहरुलाई रिहा गर्न माग गरिरहेका छन् ।

सेना सरकारमा आएपछिको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जेनेरल मिन तुनले सेना लामो समयसम्म सत्तामा नरहने बताउदै आम चुनाव पश्चात् विजयी हुने पार्टीलाई सत्ता हस्तान्तरण गरिने वचन दिएका छन् ।

तर, उहाले चुनावको मितिसम्बन्धी भने कुनै जानकारी दिनुभएको छैन ।

अहिदे म्यानमारको स्थिति चिन्ताजनक रहेको बताइएकोछ ।

बैंकहरुमा नगदको अभाव सुरु भइसकेकोछ ।

पछिल्ला केही दिनयता भने सेनाको ठूलो उपस्थितिका कारण आन्दोलन गत हप्ताको तुलनामा केही कम देखिएको छ । (एजेन्सी)

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार १६:१४