सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

२४ घण्टामा देशभर थपिए १४२ जना काेराेना सङ्क्रमित

ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३१

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक सय ४२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

तीन हजार पाँच सय ९७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ४२ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७१ हजार चार सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार ६५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएसँगै कोरोना  सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय ३५ रहेको छ । अहिलेसम्म २० लाख ८१ हजार ६ सय ९५ जनाकाे पीसीआर परीक्षण भएकाे छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार १७:१४