सूचनाको शक्ति - The Power Of Information

        

उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको संभावना

काठमाडौं । देशको पुर्वी पहाडी भेगमा मंगलबार आंशिक बदली रहि बाँकि स्थानमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, सुदुर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक—दुई स्थानमा हल्का हिमपातको संभावना रहेको पनि महाशाखाले बताएको छ ।

काठमाडौंको मौसम आज सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २ दशमलव ३ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १९ देखि २१ डिग्री सेल्सियसकाबीच रहने छ ।

आज बिहान सूर्योदय ६ बजेर ५० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४५ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार ०८:२५