सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते

काठमाडौं । अमेरिकाको फिनिक्स शहरमा गोलाबारी हुँदा कयौं घाइते भएका छन् । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनको शपथ समारोहको पुर्व सन्ध्यामा सुरक्षा ब्यबस्था कडा पारिएकै समयमा गोलाबारी भएको हो ।

अमेरिकी अधिकारीहरुको अनुसार फिनिक्स शहरको एबेन्यु क्षेत्रमा केही समुहबीच झडप भएको खबरका बीच सुरक्षाकर्मी पुग्दा तीन जना गोली लागि ढलेको अवस्थामा भेटिएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको छ ।

घटनाबारे अनुसन्धान थालिएको छ । घटनामा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरिएको छ । एजेन्सी

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार ०८:४८