सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

पछिल्लो २४ घण्टामा थप ४४५ संक्रमित, ४१४ संक्रमणमुक्त, ५ जनाको मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या १९३७

काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४४५ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।

२४ घण्टामा ४१४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ ।

गत २४ घण्टामा ४ हजार १५४ जनाको पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १९३७ पुगेको छ ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १६:४२