काठमाडौं । राष्ट्रियसभामा प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दा दाहाल-नेपाल पक्षका सांसदले संसद बहिस्कार गरेका छन ।
प्रतिगमन गर्ने प्रधानमन्त्रीको सम्बोधन नसुन्ने सल्लाहअनुसार आफूहरुले बहिस्कार गरेको दाहाल-नेपाल पक्षीय सांसदको भनाई छ ।
राष्ट्रियसभामा नेकपाका ५० मध्ये दाहाल-नेपाल पक्षमा २१ जना सांसद छन ।
संसदीय दलका नेता दिनानाथ शर्मा र पार्टी उपाध्यक्ष वामदेव गौतम तटस्थ छन ।
उनीहरु दुवै प्रधानमन्त्रीको सम्बोधन चल्दा बैठकमा बसेका थिए ।
सत्यपाटी ।