सूचनाको शक्ति - The Power Of Information

        

ट्रेड युनियन महासंघ नेपालको प्रदेश स्तरिय भेला आज नेपालगञ्जमा

बाँके । ट्रेड युनियन महासंघ नेपालको प्रदेश स्तरिय भेला आज हुदैछ ।

बाँकेको नेपालगञ्ज बसपार्कमा आज बिहान साढे ११ बजेबाट भेला सुरु हुनेछ । भेलाको उद्घाटन राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय कार्य सम्पादन समितीका सदस्य तथा पूर्व मन्त्री प्रेम बहादुर भण्डारीले गर्नेछन् ।

ट्रेड युनियन महासंघ बाँकेको आयोजनामा हुने एकदिने भेलामा प्रदेशका ७० बढी प्रतिनिधिको सहभागिता रहेको युनियनका केन्द्रिय उपाध्यक्ष मिना श्रेष्ठले जानकारी दिईन् ।

प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार १०:३२