सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । दाङको लमहीमा जारी प्रतियोगितामा पहिलो खेलमा सुदूर पश्चिमले प्रदेश १ सँग दोस्रो खेलमा बागमतीले गण्डकीसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘ए’ बाट यसअघि नै विभागीय टोली एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकेका छन् । यसअघि हिजो भएको खेलमा रुविना क्षेत्रीको अर्धशतक र बलरहरूले उत्कृष्ट प्रदर्शनले प्रदेश १ ले विजयी सुरुवात गरेको थियो ।

समूह ‘बी’ अन्तर्गत हिजो भएको दोस्रो खेलमा प्रदेश १ ले बागमतीलाई ४६ रनले पराजित गरेको हो । खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य पछ्याएको बागमतीले १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ६० रनमा अलआउट भयो ।

बागमतीका लागि कन्चन श्रेष्ठले सर्वाधिक १३ रन बनाउँदा सुमन खतिवडाले १२ रन बनाइन् । यी दुई बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले रुविनाको अर्धशतक मद्दतमा २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार ०८:४९