सूचनाको शक्ति - The Power Of Information

        

पूर्वराजा ज्ञानेन्द्र आइतबार झापा आउँद जाने

झापा  । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा आउने भएका छन्।

शाह बुद्ध एयरमार्फत भद्रपुर हुँदै दमक आइपुग्ने कार्यक्रम रहेको उनका निजी सचिव सागर तिम्सिनाले जानकारी दिए।

सपरिवारसहित झापा आउन लागेका शाह त्यहाँ करिब ४ हप्तासम्म बस्ने बताइएको छ।

झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट र केही शक्तिपीठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको छ।

पूर्वराजा ज्ञानेन्द्र हरेक वर्ष जाडोको समयमा करिब एक महिनासम्म झापाको दमकमा बस्दै आएका छन्। दमकमा उनको निजी चिया बगान तथा निवास छ।

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार ०९:०५