सूचनाको शक्ति - The Power Of Information

        

नेपालको फिफा वरीयता यथावत्

काठमाडाैं। नेपालको फुटबल वरीयता यथावत् रहेको छ।

विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १७१औं स्थानमा यथावत् रहेको हाे।

नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन। बंगलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको वरीयता यथावत रहेको छ।

बंगलादेश फिफा वरीयतामा दुई स्थान झरेको छ। गत साता बंगलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो।

दक्षिण एसियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बंगलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलंका २०६औं स्थानमा रहेको छ।

फुटबलको विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत् छ। फिफा वरीयतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १०औँ स्थानमा रहेको छ। रासस

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार ०८:२१