सूचनाको शक्ति - The Power Of Information

        

नेकपा सचिवालय बैठक

प्रधानमन्त्री ओली पार्टी कार्यालय जान नमानेपछि…

काठमाडौं । सुरक्षा खतरा रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय जान अस्वीकार गरेपछि नेकपा सचिवालयको बैठक बालुवाटार सारिएको छ । सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालय सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष जानकारी पठाएका थिए ।

‘सुरक्षाका निकायहरुले धुम्बाहारीमा सुरक्षा जोखिम रहेको भन्ने सूचना प्रधानमन्त्रीलाई दिएको र महासचिव पौडेल सो कुरा कार्यकारी अध्यक्ष प्रचण्डलाई जानकारी गराउनु भएपछि बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको हो,’ एक सचिवालय सदस्यले भने, ‘बैठक १ बजे नै बस्ने कुरा छ ।’ मंसिर १३ गते बालुवाटारमा भएको सचिवालय बैठकले मंगलबार धुम्बाराहीमा बैठक राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार १२:३१