सूचनाको शक्ति - The Power Of Information

        

फाइजर र बायोटेकले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप दर्ता

काठमाडौं । फाइजर र जर्मन पार्टनर बायोटेकले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप आपतकालीन प्रयोगका लागि आधिकारिकता पाउन दर्ता गराएका छन् ।

दर्तासँगै अब अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन एफडिएले यो खोप कतिको प्रभावकारीतकाबारेमा निर्णय दिने जनाइएको छ ।

यता फाइजर र बायोटेकले भने आफूले तयार पारेको खोप सुरक्षित भएको दाबी गर्दै एफडिएले आगामी महिनाको पहिलो सातामा नै स्वीकृति दिने जनाएका छन् ।

फाइजरका कार्यकारी निर्देशक अल्बर्ट बउराले भने आपतकालीन प्रयोगका लागि फाइल गर्नुको उद्देश्य यो खोप बिश्वब्यापी माइलस्टोनका रुपमा पु¥याउनु रहेको जनाउनु भएको छ ।

यसअघिको परीक्षणमा यो खोप ६५ वर्ष भन्दा माथिका उमेर समूहमा ९५ प्रतिशतसम्म प्रभावकारी रहेको देखाएको थियो ।

यसबीच बेलायतले ४० करोड डोज खोप अर्डर गरिसकेको छ जुन यही वर्षको अन्त्यसम्ममा १० करोड डोज प्राप्त गर्ने निश्चित भइसकेको छ ।

फाइजर र बायोटकले संयुक्त रुपमा तयार पारेको कोरोना विरुद्धको खोपले सुरुमा केही साइड इफेक्टहरु गराएपछि ९५ प्रतिशत सुरक्षित रहेको बताइएको थियो ।(एजेन्सी)

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार ०८:००