सूचनाको शक्ति - The Power Of Information

        

होम आइसोलेशनमा बसेका बृद्धको कोहलपुरमा मृत्यु

बाँके ।  दाङका कोरोना भाइरसबाट संक्रमित ७९ वर्षीय बृद्धको कोहलपुरमा मृत्यु भएको छ।

कात्तिक २१ गते कोरोना पुष्टि भएपछि बृद्ध होम आइसोलेशनमा बसेका बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि मंगलबार राति साढे १२ बजे बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो ।

बृद्धको राति २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती बृद्धलाई दम र उच्च रक्तचापको समस्या थियो । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका ४० जना को मृत्यु भइसकेको छ ।

यसैबिच, बाँकेमा बुधबार १९ जनाले कोरोनालाई जितेका छन् । कात्तिक २३ गते कोरोना पुष्टि भएपछि होम आइसोलेशन तथा अस्पतालहरुमा बसेका १२ पुरुष र ७ महिला बुधबार डिस्चार्ज भएका हुन् ।

जिल्लामा अहिलेसम्म तीन हजार तीन सय ९३ जनाले कोरोनालाई जितेका छन् । एक सय ७५ जना कोरोनासँग लडिरहेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार ०९:२५