सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम आज कस्तो रहन्छ?

काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन। अहिले हिमाली भू–भागमा आंशिका बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार ०८:२६