सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा कोेरोनाबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या १ हजार ८७ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट २४ घण्टामा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

याेसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार १६:४२