सूचनाको शक्ति - The Power Of Information

        

विश्वमा ३ करोड ३७ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे संक्रमित र मृतक ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ३ करोड ३७ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ३७ लाख ४८ हजार ९६८ जना कोरोनाबाट निको भएका हुन् ।

चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १२ लाख ५ हजार ४४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ४ करोड ६८ लाख ४ हजार ६१४ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ३६ हजार ४७१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ९४ लाख ७३ हजार ९११ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७१ हजार ३२१ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३९९ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २२ हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४९३ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार ४४१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८२ लाख २९ हजार ३२२ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५५ लाख ४५ हजार ७०५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २०२ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६० हजार १०४ पुगेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार ०७:३६