सूचनाको शक्ति - The Power Of Information

        

पेचिलो बन्दै नेकपा कर्णालीकाे विवाद, मुख्यमन्त्रीले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको विवाद झनै पेचिलो बन्न पुगेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव मिलाउन राजधानी आएका बेला शाहीले नियुक्त गरेका सचेतक सीता नेपालीले संसदीय दलको बैठक आाव्हानपछि विवाद झन बल्झिएको हो ।

सचेतक नेपालीले बैठक बोलाएपछि शाही पक्षका नेताहरु कर्णाली फर्केका छन् । केन्द्रमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेशमा देखिएकाे विवादबारे सहमति हुन नसकेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली कर्णाली फर्किन लागेको हो ।

असोज ७ मा कर्णाली प्रदेश नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक सीता नेपाली राखेको संसदीय दलको बैठकमा उपस्थित हुनका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही पक्षीय नेताहरु कर्णाली फर्किन लागेका हुन् । अध्यक्षद्वय निर्णयमा पुग्न नसकेपछि कर्णालीका मुख्यमन्त्री शाहीले अविश्वासको प्रस्तावकाे सामना गरेर अगाडि बढ्ने रणानीति बनाएकाे देखिन्छ ।

‘भोली ७ गते ११ बजे संसदीय दलको बैठक संसदीय दलको कार्यालयमा बोलाइएको छ ।’ नेकपा संसदीय दलका सचेतक कुर्मराज शाहीले भने,‘अब मुख्यमन्त्रीले दलको बैठकमा अविश्वासको प्रस्तावलाई सामना गर्नुहुन्छ ।’

सचेतक शाहीले अविश्वासको प्रस्ताव सामना गर्ने ७ जना सांसदले दलका नेता तथा मुुख्यमन्त्री शाही विरुद्ध पेश अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिए ।

आफूविरद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्ड निकट शाहीले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदसँग सहमति गरेका छन् । उक्त सहमति अनुसार सचेतकमा कुर्मराज शाहीलाई नियुक्त गरिएको छ ।

नेपाल पक्षलाई थप तीन मन्त्री दिने तयारी शाहीको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १४:००