सूचनाको शक्ति - The Power Of Information

        

इन्डियन प्रिमियर लिग : चेन्नाइलाई हराउँदै दिल्ली शिर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा चेन्नाई सुपर किङ्सलाई ५ विकेटले हराउँदै दिल्ली क्यापिटल्स तालिकाको शिर्ष स्थानमा फर्किएको छ ।

युएईको सारजहाँमा हिजो भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको चेन्नाइले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

उसका लागि फाफ डु प्लेसिसले सर्वाधिक ५८ रन जोडे । जवाफमा १ सय ८० रनको लक्ष्य दिल्लीले खेलमा १ बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

दिल्लीका लागि शिखर धवनले अविजित १ सय १ रन जोडे । जितसँगै दिल्ली क्यापिटल्स ९ खेलबाट १४ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको मुम्बई इण्डियन्स १२ अंकसहित दोस्रो स्थानमा छ । आईपिएल अन्तर्गत हिजोको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ ।

आईपिएल क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । आबुधाबीमा सनराईजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्दा दुबइमा मुम्बई इण्डियन्सले किङ्स इलेभेन पन्जाबसँग खेल्नेछ । एजेन्सी

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतवार ०७:१९