सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि पुनः श्रम स्वीकृति पाइने, यी कुरामा ध्यान दिनुहोस्

Nepal / Various Pourakhi projects

काठमाडौं ।   वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति सेवा आजदेखि पुनः सुरु भएको छ ।

कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गएको बुधबारदेखि श्रम स्वीकृतिसहित कार्यालयको सबै सेवा बन्द भएको थियो ।

तर भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य देशमा पुग्न नसरी रोजगारी गुमाउने अवस्थामा रहेको श्रमिकको समस्यालाई ध्यानमा राखी आज सोमबारदेखि पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति दिन थालिएको ताहाचल कार्यालयले जनाएको छ ।

कार्यालयमा जानेले भौतिक दूरीका साथै स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनु पर्नेछ । कार्यालयमा लगाइएको गोलो चिन्हमा रहेर मात्र सेवा लिन लाइनमा बस्ने र त्यसभन्दा अघि साबुनपानीले हात धुनुपर्नेछ ।

सबै सेवाग्राहीलाई कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सेवा लिन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार ०९:११