सूचनाको शक्ति - The Power Of Information

        

कपिलवस्तुमा साढे सात किलो अफिमसहित दुई जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा साढे सात किलो अफिमसहित दुई जना पक्राउ परेका छन् ।

कृष्णनगर प्रहरीले साढे सात किलो अफिमसहित एक महिला र एक अटो चालकलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले गएराति कृष्णनगर पिपलबोटको चेक प्वाइन्टबाट अफिम बरामद गरेको हो ।

प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ह १५७ नम्बरको अटोमा सवार रोल्पाको कुलेरी गाँउपालिका- १ कुरेली बस्ने ४९ वर्षकी सीता रोकालाई अफिमसहित पक्राउ गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

रोकासँगै प्रहरीले अटो चालक कपिलवस्तुकको शिवराज नगरपालिका–५ का २० वर्षीय सुशिल क्षेत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

बरामद अफिम भारतमा पुर्‍याएपछि यसको अन्तर्राष्ट्रिय बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी पर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार ११:५७