सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा एक साताका लागि निषेधाज्ञा थप

बझाङ । १२ वटै स्थानीय तहमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

बझाङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि डिसिएमसीको हिजो बसेको बैठकले गए राती १२ बजेदेखि २५ गते राती १२ बजेसम्मका लागि जिल्लाभरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयो ।

बझाङमा कोरोना संक्रमितको संख्या ४ सय १८ पुगेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १३:४४