बाँके । बाँकेमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्र गठन गरिएको छ । अधिवक्ता बलबहादुर चन्दको संयोजकत्वमा नवगठित कार्यसमितिको सहसंयोजक किरण आचार्य (पूर्व प्रधानाध्यापक, धम्बोझी मावि नेपालगन्ज), सचिव नवीन गिरी (पत्रकार) र कोषाध्यक्षमा अधिवक्ता प्रभाकर भट्टराई रहेका छन् ।
सदस्यहरुमा डा.निर्माण बहादुर शाह (चिकित्सक), ई.विकल अधिकारी, अधिवक्ता केवलसिंह थारु, राकेशकुमार मिश्र (पत्रकार), मिना सिंह (शिक्षक), अधिवक्ता पुनम श्रेष्ठ, धनीराम थापा (प्राध्यापक), सावित्री गिरी (पत्रकार), पद्मा शाही (शिक्षक), रमेशकुमार विसी (शिक्षक) र सरिफ अहमद राई (शिक्षक) रहेका छन् ।
त्यस्तै केन्द्रको सल्लाहकारहरुमा अधिवक्ता सुनिल कुमार श्रेष्ठ, ई.किरणबहादुर शाह, गणेश कुमार रेग्मी (पूर्व क्याम्पस प्रमुख, म.ब.क्याम्पस नेपालगन्ज), अधिवक्ता प्रल्हादबहादुर कार्की र पोषण केसी (पूर्व महासचिव, नेपाल पत्रकार महासंघ)लाई चयन गरिएको छ ।
सामाजिक लोकतन्त्रका मूल आधारहरु स्वतन्त्रता, समानता, विभेद न्यूनीकरण र आर्थिक–सामाजिक न्याय स्थापनार्थ लोकतान्त्रिक समाजवादको सम्बद्र्धन र प्रबद्र्धन गर्दै आम जनताको जीवनस्तरमा उल्लेख्य बृद्धिसँगै समग्र विकासको चाहना पूूरा गर्ने उद्देश्यका साथ २०७१ सालमा काठमाण्डौमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको स्थापना गरिएको हो ।
यसको उद्देश्य पूरा गर्न प्रदेश तथा जिल्लामा संरचना विस्तार गर्ने उद्देश्य अनुरुप सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको विधान बमोजिम जिल्ला कार्यसमिति चयन गरिएको संयोजक चन्दले बताए । वकिल, पत्रकार, चिकित्सक, ईन्जिनियर, प्राध्यापक र शिक्षक यसको सदस्य रहने प्रावधानअनुरुप सबैलाई समेटेर जिल्ला कार्यसमिति गठन गरिएको उनले जानकारी दिए ।
सत्यपाटी ।