सूचनाको शक्ति - The Power Of Information

        

राप्ती नदी कटानको अनुगमन

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा राप्ती नदीले गरिरहेको कटानको अनुगमन गरिएको छ । राप्तीसोनारी गाउँपालिका–२ कचनापुर क्षेत्रमा राप्ती नदीले गरिरहेको कटानको आज शुक्रबार अनुगमन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष लाहुराम थारुसहितको टोलीले नदी कटानको अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । गाउँपालिका अध्यक्ष थारु, पूर्वमन्त्री प्रेम बहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बस्नेत, वडा नं.२ का वडाध्यक्ष मदन वली लगायतले अनुगमन गरेका थिए ।

नदी कटानको अनुगमन गर्दै अध्यक्ष थारुले रोकथामका लागि तत्काल कदम चाल्ने बताए । तटबन्धका लागि संघ र प्रदेश सरकारसँग पहल गर्ने अध्यक्ष थारुले बताए । पूर्वमन्त्री भण्डारीले कटान नियन्त्रणका लागि सक्दो पहल गर्ने बताए । राप्ती नदीले बहाव परिवर्तन गर्दा राप्तीसोनारी क्षेत्रमा सयौं विगाह जग्गा कटान भइरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार १९:५४