सूचनाको शक्ति - The Power Of Information

        

१४ लाख घुससहित तुल्सीपुरका प्रमुख कार्यकारी अधिकृत पक्राउ

काठमाडौं । तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट उनलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उपाध्यायसँगबाट १४ लाखमध्ये १ लाख १४ हजार पैसा र बाँकी बैंकमा डिपोजिट स्लिप बरामद गरेको छ । उपाध्यायले घुस लिएको १४ लाखमा १ लाख १४ हजार आफ्नो साथमा राखी बाँकी सबै पैसा बैंकमा डिपोजिट गरिसकेको अख्तियार श्रोतले जनाएको छ । अख्तियारको टोलीले उनलाई शुक्रबार बुटवलदेखि पिछा गर्दै आएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार ०८:०३