सूचनाको शक्ति - The Power Of Information

        

कोरोना पुष्टी भएपछि आत्महत्या

बझाङ । खप्तडछान्ना गाँउपालिका–७ मा रहेको लामागाडा प्रावि क्वारेन्टिनमा बस्दै आएका एक जनाले शुक्रवार आत्महत्या गरेका छन् । खप्तडछान्ना गाँउपालिका ७ लामागडाका १८ वर्षिय शेरबहादुर रावतले आत्महत्या गरेका हुन् । जेठ १९ गते भारतबाट आएका उनी क्यारेन्टाइममा बस्दै आएका थिए ।

त्यहाँ रहेका २५ जनामध्ये कोरना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएको र पिसीआर परिक्षणमा रावतको मात्र पोजेटिभ देखिएको थियो । कोरोना पुष्टी भएर एक्लै बस्दा उनी निरास भएर आत्महत्या गरेको हुन सक्ने अनुमान छ । गाउँपालिका प्रवक्ता रामबहादुर सिंहले पिसीआर रिपोर्ट नेगेटिभ आएपछि अरु घर गए ।

उनी एक्लै भएपछि निरास थिए । विहान नास्ता दिन क्वारेन्टिन स्थलमा जाँदा नदेखेपछि खोजी गर्दा क्वारेन्टिन स्थलभन्दा टाढा जंगलमा झुण्डीएको अवस्थामा मृत फेला परेको वडाध्यक्ष रामबहादुर सिंहले बताए । बझाडमा यसअघि पनि छविसपाथीभेरा गाउँपालिकाका एक जनाले क्वारेन्टिनमै आत्महत्या गरेका थिए ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार ०८:०९