सूचनाको शक्ति - The Power Of Information

        

राहतस्वरुप खाद्यान्न पाएपछि स्थानीय खुसी

बझाङ । स्थानीय तहबाट वितरण गरेको खाद्यान्न राहत सामाग्री कसैले पायो कसैले पाएन भनेर जनगुनासो आइरहेका बेला बझाङ जिल्लाको विकट सुर्मा गाँउपालिकाका युवाहरुले भने आफैं दुई तीन लाख रुपैयाँ जम्मा गरेर गाँउपालिकाभित्र रहेका गरिब बिपन्न परिवारलाई खाद्यान्न बाँडेका छन् ।

अन्नबाली उत्पादन कमहुने किनेर मात्र खानुपर्ने यस ठाँउमा देशमा भएको लकडाउनका कारण कामकाज आवतजावत बन्द भएर केहि ज्याला मजदुरी गरि खाने भूमिहिन विपन्न गरिब दलित परिवारहरुलाई खाद्यन्न समस्या परेको जानकारी पाएपछि स्थानीय युवाहरु मिलेर चामल वितरण गरेको हो ।

शनिवार युवाहरुले त्यहाँका स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय सहकार्य गरी सुर्मा, दौलीचौरको गाँउबस्तीमा गएर १५० परिवारलाई चामल, नुन, सावुन वितरण गरेको युवा दिनेश बोहराले बताए । उनले भने, ‘गाँउपालिकाभित्रका मनकारी साथीहरु मिलेर यस्तो बेला केहि गर्नुपर्छ भन्ने सोचले खाद्यान्न समस्यामा परेका गरिवारलाई साहनुभूति दिन खोजेको हो ।

उनीहरुले वितरण गरेको खाद्यन्न राहत प्रतिपरिवार २० केजी चामल, दुई पोका नुन र एक सावुन रहेको थियो । राहात गाउँपालिका अध्यक्ष नरबहादुर बोहरासहित वडाध्यक्षमार्फत बाँड्न लगाएका थिए । राहात वितरणमा संलग्न सुर्मा गाँउपालिकाभित्र रहेका युवाहरु कोहि राजनीतिमा संलग्न रहेका छन् भने कोही कर्मचारी त कोही व्यापार व्यवसायमा संलग्न छन् ।
गाउँपालीकाभित्रका झण्डै दुई दर्जन युवाहरु मिलेर प्रतिव्यक्ति चारदेखि दश हजार रुपैयाँसम्म चन्दा उठाएर करिब साढे दुई लाख रकम जम्मा गरी राहात प्याकेज बनाएको थियो । यो कार्यको पहल गर्ने दिनेश बोहराले यसअघि पनि व्यक्तिगतरुपमा समेत आफ्नो गाँउका गरिबहरुलाई लत्ताकपडा खाद्यन्न दिएको वडाध्यक्ष पुष्कल बोहराले बताए ।

सुर्मा सैनगाँउ घर भएका गिठे बोहराले घरमा खानलाई खाद्यान्न सकिएको केहि दिनका लागि भए पनि छाक टार्न सजिलो हुने बताए । युवाहरुको यो मानवतावादी कामको प्रशंसा गर्दै गाउँपालिका अध्यक्ष नरबहादुर बोहरा पहिलो चरणको राहत वितरण गरिसकेको र लकडाउनको समयमा कोही व्यक्ति भोकै बस्न नपरोस् भनेर गाउँपालिका सजग रहेको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतवार १०:१६