सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा राहतको सट्टा रोजगार

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले अबदेखि श्रमिक, मजदुर तथा दैनिक ज्यालादारी गर्नेहरुलाई राहतको सट्टा रोजगार दिने भएको छ । नगरका २३ वटै वडामार्फत विपन्न समुदायका लागि काम दिन लागिएको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।

वडाका योजनाहरु उपभोक्ता समितिमार्फत सञ्चालन गरि स्थानीय बासिन्दालाई रोजगार दिन लागिएको उपप्रमुख मगरले बताइन् । यसरी काम दिँदा एउटा घरबाट कम्तीमा एक जनालाई रोजगार दिने नीति लिइएको छ । उपभोक्ता समितिमार्फत स्थानीयलाई काम दिदा वास्तविक श्रमिक र मजदुरहरु काममा आउने उपमहानगरपालिकाको विश्वास छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतवार ०९:१६