सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर : ‘लकडाउन’ लम्ब्याउँदै सरकार

काठमाडौं । सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ । चैत ११ गतेदेखि एक हप्ताका लागि घोषणा गरिएको लकडाउनको अवधि मंगलबार बिहान ६ बजे सकिने भएपछि कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले लकडाउनको अवधि थप्ने भएको हो ।

लक डाउनको अवधि थप्न गर्नेलगायका विषयमा निर्णय गर्न आइतबार दिउँसो उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्च स्तरीय समन्वय समितिको बैठक राखिएको छ । स्रोतका अनुसार समन्वय समितिले एक हप्ताका लागि लकडाउनको अवधि थप्ने निर्णय गर्नेछ ।

यसअघि शुक्रबार बसेको बैठकले मन्त्रीहरुलाई लकडाउनको अवधि बढाउने विषयमा तयारी गर्न निर्देशन दिएको थियो । यस्तै आज मन्त्रिपरिषद्को बैठकसमेत बोलाइएको छ । एक मन्त्रीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले दैनिक ज्यालादारीबाट जिविकोपार्जन गर्ने मजदुर, उद्योगी व्यवसायीका लागि प्याकेजको घोषणा गर्नेछ ।

सत्तारुढ नेकपाका शीर्ष नेताहरु एवं विपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत दैनिक मजदुरी गर्नेका लागि सरकारले सहयोग घोेषणा गर्न दबाब दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले भने बैठक बस्ने निश्चित भए पनि लिइने निर्णयबारे तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतवार ११:३९