सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको कहर : सेवा बन्द गरेसँगै सुनसान बन्यो यातायात कार्यालय

बाँके । कोरोना भाइरसको संक्रमण बढेसँगै यातायात व्यवस्था कार्यालय बाँकेले आफ्ना सबै सेवाहरु बन्द गरेको छ । सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गर्दै सेवाहरु बन्द गरेसँगै सयौंको भीड हुने नेपालगन्जस्थित भुजईगाँउमा रहेको यातायात कार्यालय सुनसान बनेको छ ।

सरकारले एकै ठाउँमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएसँगै अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरु बन्द गरिएको यातायात कार्यालय बाँकेका अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिएका छन् । अधिकृत खत्रीका अनुसार चैत २१ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरु बन्द गरिएको हो ।

थप जानकारी तथा सेवाहरु सूचारु हुने सम्बन्धमा कार्यालयको आधिकारिक सूचनाको प्रतिक्षामा रहन अधिकृत खत्रीले आग्रह गरेका छन् । साथै कार्यालयले सेवाग्राहीहरुमा संयमित रहन अनुरोध गर्दै स्वस्थ र सुरक्षित जीवनशैलीको कामना गर्दै कोरोना भाइरसविरुद्ध एकजुट हुन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतवार १३:३१