सूचनाको शक्ति - The Power Of Information

        

भारतमा ‘जनता कर्फ्यू’, उल्लंघन गर्नेलाई फूल दिएर घर पठाउँदै प्रहरी

नयाँदिल्ली । भारतमा आइतबार बिहानैदेखि ‘जनता कर्फ्यू’ लागेको छ । बिहान ७ बजेदेखि राति ९ बजेसम्म ‘जनता कर्फ्यू’को आदेश पालना गर्न भारत सरकारले आग्रह गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री मोदीले देशवासीको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणसँग जुध्नका लागि जनता आफैले ‘जनता कर्फ्यू’को पालना गर्न अपील गरेका थिए । भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।

‘जनता कर्फ्यू’का कारण भारतका शहरहरु सुनसान छन् । रेल तथा बस सेवाहरु बन्द छन् । अधिकांश शहरहरुमा लकडाउनको स्थिति छ । राजधानी दिल्लीमा सडकमा निस्केका केही मानिसहरुलाई ‘जनता कर्फ्यू’को पालना गर्न भन्दै प्रहरीले फूल उपहार दिएर घर पठाएको छ । मोदीले ‘जनता कर्फ्यू’को दौरान बेलुकी पाँच बजे घण्टी तथा थाल ठटाएर कोराना भाइरसविरुद्ध एकजुट रहेको सन्देश प्रवाह गर्न आफ्ना नागरिकलाई अपील गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतवार १२:४६