सूचनाको शक्ति - The Power Of Information

        

वडाबासीको घरघरमै पुगेर वडाध्यक्षद्वारा मास्क वितरण

बाँके । कोरोना भाइरसविरुद्ध सतर्कता अपनाउँदै बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जनकबहादुर थारुले व्यक्तिगत रुपमा वडाबासीका घरघरमा पुगेर मास्क वितरण गरिरहेका छन् । वडापालिकाभित्रका सबै व्यक्तिलाई निशुल्करुपमा मास्क वितरण भइरहेको वडाध्यक्ष थारुले बताए ।

‘बजारमा मास्क पाइन छाडेपछि उच्च सतर्कता अपनाउँदै मास्क वितरण गरिरहेको छु,’ वडाध्यक्ष थारुले भने । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि सङ्क्रमण फैलिने सम्भावना देखिएपछि वडाका सबै स्थानीयलाई वितरण गर्न सकिने गरी पाँच हजारभन्दा बढी मास्क वितरण गरिने उनले बताए ।

कोरोनाका त्रासका बीच मास्कको अभाव देखिएपछि वडापालिकाभित्र सतर्कता अपनाउँदै मास्क वितरण गर्न थालिएको उनको भनाई छ । ‘चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण छिमेकी राष्ट्र भारतसहित धेरै देशमा फैलिएको छ । नेपालमा पनि यसको जोखिम छ, यसैको सतर्कतका लागि हामीले अन्य सचेतनामूलक कार्यक्रमहरु पनि गरिरहेका छौं ।’

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार ०८:१४