सूचनाको शक्ति - The Power Of Information

        

सिंहदरबारभित्रै आगलागी !

काठमाडौं । सिंहदरबारस्थित नेपाल टेलिभिजन नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार चुरोटका ठुटा डस्टबिनमा राखिएको फोहोरमा सल्किँदा आगलागी भएको हो । डस्टबिनमा चुरोटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन ।

प्रहरीका अनुसार भवनको सिरानतलामा आगलागी भएको हो । आगलागीबाट केही कागजात जलेर नष्ट भएका छन् ।आगलागी हुनासाथ सिंहदरबार परिसरस्थित प्रहरी गणका सुरक्षाकर्मी र दमकल घटनास्थल पुगेको थियो । अगलागी भएको भवनमा संसद् भवन निर्माण सचिवालय निर्माणको कार्यालय, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैकको शाखा कार्यालय छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार ११:२०