काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरियतामा नेपाल यथा स्थानमा रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको हो । दक्षिण एसियामा नेपाल चौथो स्थानमा छ ।
दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १०८, अफगानिस्तान १४९औं र माल्दिभ्स १५५ औं स्थानमा छ । बंगलादेश एक ८७ औं, भुटान १८९ औं र पाकिस्तान पाकिस्तान २०० र श्रीलंका २०६ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम छ । फ्रान्स, ब्राजिल, इङ्ल्यान्ड, उरुग्वे, क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलम्बिया क्रमशः शीर्ष १० औं स्थानमा छन् ।
सत्यपाटी ।