सूचनाको शक्ति - The Power Of Information

        

उपमेयरको धम्कीपछि अनमी जागिर छाडिन्

बुङल नगरपालिकाकी उपमेयर मीना जागरी

बुङल नगरपालिकाकी उपमेयर मीना जागरी

बझाङ । घरमै सुत्केरी भएकी महिलालाई भत्ता नदिएको भन्दै बुङल नगरपालिकाकी उपमेयर मीना जागरीले अनमी निरुपति चौधरीलाई जागिर छाड्न धम्की दिएकी छिन् । बुङल–८ की एक महिलालाई सुत्केरी भएबापत पाइने भत्ता नदिएको भन्दै कैलाली घर भई हाल कफलसेरी स्वास्थ्य चौकीमा कार्यरत अनमी चौधरीलाई गाली गर्दै जागिर छाडेर जान धम्की दिएकी हुन् ।

अनमी चौधरीले नियमानुसार घरमा सुत्केरी भएकी महिलालाई सुत्केरी भत्ता दिन नमिल्ने भनेपछि उपमेयर जागरीले अनमी चौधरीलाई तथानाम गाली गर्दे जागिर छोडेर डर धम्की दिएकी हुन । उपमेयरको धम्की पछि अनमी निरुपति चौधरीले कफलसेरी स्वास्थ्य चौकीलाई जागिर छाडेको पत्र लेख्दै घर गएको स्वास्थ्य चौकी स्रोतले जनाएको छ । यस विषयमा अनमी चौधरीलाई फोन सम्पर्क गर्दा फोन उठेन ।

विगत तीन बर्षदेखि करारमा काम गर्दै आएकी अनमी चौधरीलाई उपमेयर जागरीले स्वास्थ्य चौकीमै पुगेर धम्की दिएकी हुन् । यता आफुले स्वयमसेविकाको भत्ता नपाएको भन्दै सोही स्वास्थ्य चौकीका प्रमुख शिवराज खठायतलाई धम्क्याएकी छिन् । उपमेयर जागरी यसअघि कफलसेरी स्वास्थ्य चौकी अन्तरगत स्वास्थ्य स्वयमसेविकाको रुपमा काम गर्दै आएकी थिइन् ।

उपमेयरमा निर्वाचित भइसकेपछि पनि स्वास्थ्य स्वयमसेविकाको भत्ता लिँदै आएको आरोप लागेको छ । कात्तिक महिनामा भिटामिन ए खुवाउए बाफतको स्वयमसेविकालाई दिईने भत्ता नदिएको भन्दै खडायतलाई तथानाम गाली गरेकी हुन् । दुनियाँका भत्ता खाएर हिडने त को होस् ? उपमेयर को हो भन्ने कुरा भेटमा चिनाई दिन्छुु ? लगायत तथानाम गाली गरेकी छन् ।

सबै स्वयमसेविकको पैसा दिइसकेको भए पनि तपाईलाई नभेटेका कारण पैसा दिन नसकेको भन्दा पनि उपमेयर आक्रोशित भएकी हुन । रेकडमा जेजे भनिएको हो त्यहि कुरामात्र भएको र कर्मचारीहरुलाई स्वतन्त्रपूर्वक काम गर्न नदिने अफिसमै आएर धम्काउने गरेको स्वास्थ्य इन्चार्ज शिवराज खडायतले बताएका छन् ।

यसअघि घरमा सुत्केरी भएकी महिलालाई पनि सुत्केरी भत्ता दिदै आएको र गरिव तथा आर्थिक अवस्था नाजुक भएकालाई व्यवहारिकरुपमा दिँदा फरक नपर्ने भन्दै उपमेयर जागरीले चौधरीलाई आग्रह गरेको तर अनमी चौधरीले दिन नमिल्ने बताएपछि अनमीलाई धम्क्याइएको स्वास्थ्य चौकी स्रोतले जनाएको छ ।

सुत्केरी भएको महिलाको आर्थिक अवस्था कमजोर भएका कारण व्यवहारिक रुपमा दिन मिल्ने भए दिनुस् भनेर आग्रह गर्दा हुन्छ भनेको र पछि नदिँदा किन नदिएको भन्ने विषयमा अनमी चौधरीसँग सामान्य भनाभन भएको उपमेयर मीना जागरीले बताइन् । उपमेयर भइसकेपछि आफुले स्वास्थ्य स्वयमसेविकाको भत्ता लिएको भन्ने कुरा गलत भएको बताइन् ।

स्वास्थ्य प्रमुखले अरु स्वयमसेविकालाई भुक्तानी नदिँदा स्वास्थ्य प्रमुखसँग चर्काचर्की भएको उनले बताइन् । उपमेयर जागरीले आफ्नो नाम जोडेर अनावश्यक हल्ला फैलाएई विवादमा ल्याउन खोजेको र बेइज्जत गर्न खोजेको दुखेसो गरिन् । अनमीसँग सामान्य भनाभन भएको स्वीकार गर्दै उपमेयर जागरीले आक्रोशमा केही नराम्रा शब्द बोलेर गल्ती भएको स्वीकार गरेकी छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार १२:१३