बीबीसी । चिनियाँ सरकारले मान्छेलाई कोरोनका कुनैपनि संक्रमितसँग नजिकी संम्पर्कमा आएकाबारे सूचित गराउने नयाँ एप निर्माण गरेको छ । यसमा भाइरस लाग्ने जोखिममा हुनासाथै सो एपले हामीलाई चेतावनी दिने बताइएको छ । यसमा कोरोना भाइरस लागेको पक्का भएको वा शंका गरिएका व्यक्तिको नजिकमा आउनासाथै एपले खबर गर्नेछ ।
हाल कोरोनाको लक्षण भएका वा भाइरस पहिचान भएका मानिसहरुलाई घरैमा बस्न वा स्थानीय स्वास्थ्य अधिकारीहरुलाई तत्कालै जानकारी गराउन सुझाव दिइएको छ । यस प्रविधिले भने नागरिकहरुमाथि चिनियाँ सरकारको कडा निगरानीतर्फ पनि केन्द्रित गराएको छ । किनकी सो एपकालागि तिनै डाटाहरु प्रयोग गरिनेछ । यसलाई प्रयोग गर्न, अलिपे, विच्याट लगायतका पेमेन्ट एपहरु मार्फत आफ्नो फोनमा क्यु आर कोड स्क्यान गराउनुपर्ने हुन्छ ।
यसपछि एपमा फोन नम्बर मार्फत रेजिस्टर गराइ प्रयोगकर्ताहरुलाई आफ्नो नाम र आइडी नम्बर पनि राख्न लगाइन्छ । यो एप चिनियाँ सरकार र चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कोर्पोरेसनको सहकार्यमा निर्माण गरिएको हो जसका डाटा भने राष्ट्रिय स्वास्थ्य तथा यातायात निकायबाट प्राप्त गरिनेछ । चीनले सिसिटिभी र फेसियल रिकग्निसन मार्फत आफ्ना जनतालाई नजिकबाट निगरानी गर्ने गरेको छ जसकै आधारमा एप सञ्चालन हुने बताइएको छ ।
हङकङमा अवस्थित एक प्राविधिक फर्मकी वकिल क्यारोलिन बिगले बीबीसीसँग भनेकी छन्, ‘एसियाभरि यस किसिमका डाटाहरुलाई सुरक्षित वा लक गरि राख्नुपर्ने सामग्रीका रुपमा लिइँदैन । त्यसकारण पनि निर्धक्कसँग डाटाहरु प्रयोग हुने गर्दछन् । एक चिनियाँको धारणामा पनि ती डाटाहरु मान्छेका लागि उपयोगी सुविधा हुन सक्छ भने त्यसको प्रयोगमा कुनै हानि छैन । राम्रो कामका लागि ती डाटा धेरै शक्तिशाली माध्यम हुन सक्छन् ।’
निजिकी सम्पर्क हुन सक्ने कोरोनाका संक्रमकहरुमा, ‘एउटै कक्षामा पढ्ने, एउटै घरमा बस्ने, स्वास्थ्यकर्मी, परिवारका सदस्य, बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आउनेहरु, विमान वा कुनैपनि सवारी साधनका यात्रु’ पर्दछन् । जस्तै यसमा एकजना हवाइ यात्रु संक्रमित छन् भने ३ ‘रो’ वरपरका सबै मानिसहरु र क्याबिनका स्टाफ सहितलाई संक्रमितसँग नजिकी सम्पर्कमा आएको भनेर गनिन्छ । अन्य यात्रुहरुलाई चाहिँ सामान्य सम्पर्कमा मात्र आएकामा राखिन्छ । तर एयर कन्डिसनयुक्त ट्रेनमा भने एकजना संक्रमित बिरामी फेला परेमा कर्मचारीसहित सबै यात्रुलाई भाइरससँग नजिकी सम्पर्कमा आएको मानिन्छ ।
सत्यपाटी ।