सूचनाको शक्ति - The Power Of Information

        

गजल

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

राधा अब सुहाउँछ, फरिया र चोली ।
घुम्न हिँड मेलातिर, किन्दिउँला भोली ।

बोल्ने गर भेट हुँदा, सुन मेरी राधा,
जति बोल्यो उत्ती बढ्छ, सकिदैन बोली ।

खोला पारी रमाइलो,मेला लाग्या छ रे,
नडराउ हात समाई, तारौंला खोली ।

जवानीको भारी बोक्दा, खरो भयो साह्रै,
एकै घुट्की देउन पानी, अमृत घोली ।

बन दाता म भिखारी, भएको छु आज,
थापेको छु चरणमा, भर्देउन झोली ।

 

२४ माघ २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : २६ माघ २०७६, आइतवार ०९:४०