सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा एक हजार बढी कर्मचारी मागियो

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर), प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवान पदमा कर्मचारी भर्ना गर्न विज्ञापन आह्वान गरेको छ । बुधवार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गर्दै प्रहरीले इन्सपेक्टरमा १४९, असईमा ५८४ र प्रहरी प्राविधिक प्रहरी जवानमा १४४ जनाको माग गरेको छ ।

बुधबार प्रकाशित सूचनामा विभिन्न तहमा स्थायी कर्मचारी माग गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फ विभिन्न तहमा एक हजार ७१ जना कर्मचारी मागेको हो । सञ्चार निर्देशनालयतर्फ इन्जिनियरिङमा ६११ जना, सूचना प्रविधितर्फ ४३, भौतिक पूर्वाधारतर्फ ६३, सवारी साधन महाशाखातर्फ १२६, केनाइन ५३, हातहतियार शाखामा प्राविधिक ६, स्वास्थ्यतर्फ १९, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा ७ र नेपाल प्रहरीको विद्यालयको संगीतर्फ संगीत शिक्षक १४४ जना आवेदन मागिएको हो ।

प्रहरी जवानमा एसएलसी÷एसईई परीक्षा उत्तीर्ण गरी सम्बन्धित विषयको तालिम लिएको योग्यता निर्धारण गरिएको छ । माघ ५ गतेदेखि फागुन ११ गतेसम्म दरखास्त फाराम दर्ता गर्न सकिने विज्ञापनमा उल्लेख छ । देशभर ८ ठाउँमा परीक्षा सञ्चालन हुनेछ । सातवटै प्रदेश कार्यालयबाट योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यस्तै प्रहरीले अधिकृतस्तरको प्रहरी निरीक्षकमा पनि ठूलो संख्यामा आवेदन माग गरिएको छ ।

सातवटै प्रदेश कार्यालयबाट १४९ जना प्रहरी निरक्षिकको दरखास्त आह्वान गरेको हो । यस्तै प्रहरी सहायक निरीक्षकमा पनि ५८४ जनाको दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी निरीक्षकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक उत्तीर्ण र प्रहरी सहायक निरीक्षकका लागि प्रमापत्र तह वा सो सरहको योग्यता माग गरिएको छ ।

हेर्नुस् विज्ञापनको पूर्णपाठ–

प्रकाशित मिति : १ माघ २०७६, बुधबार ०९:३०