एजेन्सी । बेलायती संस्था एपोलिटकलले सार्वजनिक गरेको लैंगिक समानता सम्बन्धी शीर्ष १०० व्यक्तिको सूचिमा नेपालकी भूमिका श्रेष्ठ पनि परेकी छन् ।
लैंगिक समानताको क्षेत्रमा विश्वमा नीति निर्माणमा सकारात्मक भूमिका खेल्ने व्यक्तिको सूचिमा तेस्रो लिंगी अर्थात लैंगिक अल्पसंख्यकको अधिकारको क्षेत्रमा वकालत गर्दै आएकी भूमिका पनि परेकी हुन् ।
तेस्रो लिंगी अर्थात ट्रान्सजेन्डर भूमिकाले ट्रान्सजेन्डरसँगै समलिंगीहरुको अधिकारको क्षेत्रमा काम गर्दै आएकी छन् । उनी ब्लु डाइमण्ड सोसाइटीमा आबद्ध भएर काम गर्दै आएकी छन् ।
।